Blog Details

Details
  • October 2nd, 2016
  • Service 

Track Suit Distribution to children


श्री सत्य साई सेवा संगठन नेपालले  वार्षिक रुपमा विभिन्न चाडपर्वको अवसर पारि भगवानको प्रेम स्वरुप नारायणहरुलाई कतै प्रसादको रुपमा खाना, कतै लत्ता-कपडा तथा जरुरत हेरि विभिन्न प्रकारको सेवा गर्दै आईरहेको छ। त्यस्तै मिति २०७३ असोज १६ गते विजया दशमीको अवसरमा श्री सत्य साई क्षेत्रीय समिति ३ को आयोजनामा “नयाँ नेपाल बाल आश्रम” मा रहेका  ६७ बाल बालिकाहरुलाई भगवान बाबाको सन्देश अंकित “ट्रयाक सुट”, फोटो र विभूति प्रसाद स्वरुप वितरण गरियो। दशैंको अवसरमा नयाँ लुगा पाएर साना केटाकेटि खुसी भएका देख्दा सहभागी सम्पूर्ण सेवादल भगवानले उक्त कार्यक्रममा भाग लिने मौका दिनुभएकोमा भगवानको प्रेम प्रति नतमस्तक भएका थिए। भगवानबाट हामी सबैमा यस्तै सेवामा सहभागी हुने मौका सदासर्वदा मिलिरहोस।

track-suit-distribution-at-naya-nepal-children-home-1 track-suit-distribution-at-naya-nepal-children-home-2 track-suit-distribution-at-naya-nepal-children-home-3



Recent Posts

Categories